+
+

वीर अस्पतालका ७०० जनरल बेड निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १८:४५

८ असार, काठमाडौं । शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । ‘वीर अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । दुई सय रुपैयाँ तिर्नका लागि उनीहरुलाई सहज हुँदैन’ न्याम्सका रेक्टर डा. लोचन कार्कीले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरेका हौं ।’

तर, ब्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ । रेक्टर डा. कार्कीका अनुसार जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुन्छ ।

शल्यक्रिया, सिटी स्क्यान लगायतका सेवा बढाउने तथा खर्चको मितव्ययिता गरेर जनरल बेड निःशुल्क गर्न लागिएको डा. कार्कीले बताए ।

सरकारले बिहीबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?