+
+

वीरमा आन्द्रा सुन्निने रोगको ओपीडी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १८:५९

३ वैशाख, काठमाडौं । वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजीको हप्ताको एक दिन विशेष ओपीडी सेवा सुरू गरेको छ ।

ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्माका अनुसार हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपीडी सेवा सञ्चालनमा आएको हो ।

आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज्‌जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि साताको एक दिन विशेष बहरिंग सेवा सुरू गरिएको शर्माले जानकारी दिए ।

‘आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि हरेक हप्ताको सोमबार विशेष ओपीडी सेवा सञ्चालन गरिरहेका छौं । यसले बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ,’ शर्माले भने ।

अस्पताल प्रशासनका अनुसार विशेषज्ञ ओपीडी सेवा लिनका लागि बिरामीहरूले हरेक हप्ताको सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपीडी रहेको दोस्रो तलाको कोठा नं. २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?