
फाइल तस्वीर ।
१२ असार, बैंगलुरु । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ ।
आभाष लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका हुन् ।
नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरुस्थित कान्टिरवा स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
नेपाल र पाकिस्तान दुवै टिमको सेमिफाइनल पुग्ने संभावना सकिएकाले यो खेल प्रतिष्ठाको लागि मात्र भएको छ ।
नेपाली टिम
किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, शनिस श्रेष्ठ, देवेन्द्र तामाङ, लकेन लिम्बु, एरिक विष्ट, आभाष लामिछाने, मनिष डाँगी, आयुष घलान, विमल घर्ती मगर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4