+
+

चेल्सीले निकोलस ज्याक्सनसँग गर्‍यो ८ वर्षको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १५:५१

१६ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सीले सेनेगलका फर्वाड निकोलस ज्याक्सनलाई अनुबन्ध गरेको छ ।

भियालियनबाट व्यवसायिक फुटबल खेलिरहेका २२ वर्षीय ज्याक्सनसँग क्लबले ८ वर्षका लागि सम्झौता गरेको छ । गत सिजन ला लिगामा उनले ३८ वटै खेल खेल्दा १३ गोल गरेका थिए, जसमध्ये ९ गोल अन्तिम ८ खेलमा भएको थियो ।

चेल्सीले नयाँ सिजनका लागि लाइपजिगबाट क्रिस्टोफर एनकुन्कुलाई पनि अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षक मौरिसियो पोचेचिनो नयाँ सिजनका लागि टिम पुनर्गठनको प्रक्रियामा छन् । चेल्सीले जर्मन फवार्ड काई हाभर्टस आर्सनललाई बेच्यो भने क्रोएसियाका मिडफिल्डर माटेओ कोवाचिच म्यानचेष्टर सिटीमा गएका छन् ।

रुबेन लफ्टस चेक लोनमा एसी मिलान जाँदा गोलरक्षक मेन्डी र कुलबाली, कान्टे साउदीको क्लबमा अनुबन्ध भएका छन् भने विंगर हकिम जियास पनि साउदी अरबको क्लबसँग सम्पर्कमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?