+
+

एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:०१
कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्वीर ।

२० असार, काठमाडौं । नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?