+
+

विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक आधा घण्टा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १६:३९
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२० असार, काठमाडौं। विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधाघण्टा स्थगित भएको छ ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरु एमाले, रास्वपा र राप्रपाका सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेको सूचना दिएका हुन् ।

एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए । उनले अघि भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?