+
+

एनरिक पीएसजीको मुख्य प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते ६:२५

२१ असार, काठमाडौं । स्पेन र बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिके फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

४३ वर्षी स्पानिस प्रशिक्षक एनरिकेले अब क्रिस्टोफर गाल्टियरलाई रिप्लेस गर्नेछन् । फ्रेन्च लिग वानको उपाधि जितेपनि पीएसजीले एक सिजनपछि नै गाल्टियरलाई बर्खास्त गरेको थियो ।

एनरिकेले फ्रेन्च च्याम्पियनसँग दुई वर्षको सम्झौता गरेका छन् र उनी २०२५ सम्म पेरिसमा रहनेछन् ।

सन् २०२२ को पिफा विश्वकपमा मोरक्कोसँग अन्तिम १६ मा पराजित हुँदै बाहिरिएपछि एनरिकेले स्पेनको प्रशिक्षक भूमिकाबाट राजीनामा दिएका थिए ।

एनरिकेले बार्सिलोनाको प्रशिक्षकको रुपमा धेरै सफलता प्राप्त गरेका थिए । सन् २०१४ देखि २०१७ सम्म उनले बार्सिलोनामा ९ उपाधि जितेका थिए ।

यस्तै उनले बार्सिलोनामा पहिलो सिजनमै ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्दै ट्रेबल उपाधि हात पारेका थिए ।

त्यसपछि उनी सन् २०१८ मा फर्नान्डो हिएरोलाई रिप्लेस गर्दै स्पेनको प्रशिक्षक बने ।

चार वर्ष स्पेनको राष्ट्रिय टिमको प्रशिक्षक रहँदा उनले स्पेनलाई नेसन्स लिगको फाइनल र युरो कपको सेमिफाइनलमा पुर्‍याएका थिए ।

पीएसजीको टिम ट्रान्जिसनमा रहेका बेला रियल मड्रिड र बार्सिलोनाका यी पूर्व मिडफिल्डरले टिम सम्हाल्न आइपुगेका छन् ।

विशेषगरी क्लबका स्टार केलियन एमबाप्पे र नेमारको भविष्य के होला भन्ने मुख्य प्रश्न छ ।

लिओनल मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामी जाने पक्का भइसकेको छ ।

कतारी मालिकको स्वामित्वमा रहेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

११औं पटक लिग उपाधि जितेको पीएसजी  च्याम्पियन्स लिगमा भने बायर्न म्युनिखसँग अन्तिम १६ मा  पराजित हुँदै बाहिरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?