+
+

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि जारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते ९:३१

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज पनि जारी रहने छ । केन्द्रीय कार्यालयले आयोजना गरेको जिल्ला सभापतिहरुको दोस्रो दिनको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहने नेपाली नेपाली कांग्रेसले जनाएको छ ।

बिहीबारको पहिलो दिनको बैठकमा बोल्न बाँकी सभापतिहरुले आज आफ्ना धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

बिहीबारको बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधिहरुको सहभागिता थियो । वर्षा र बाढी पहिरो लगायतका कारणले उपस्थित हुन नसकेका जिल्ला सभापतिहरुलाई जुम मार्फत बैठकमा जोडिएको थियो ।

पार्टीको क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा जिल्ला सभापतिहरूको भेला पहिलोपटक आयोजना गरिएको हो । २७ असारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठक अगाडि राखिएको जिल्ला सभापतिहरुको भेलाबाट पार्टीमा उत्साह बढेको नेताहरुले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?