+
+

एनभीए क्लब लिग : आर्मीको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १२:१९
फाइल तस्वीर ।

२४ असार, काठमाडौं । सातौं पीएम कप एनभीए राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार बिहान भएको खेलमा आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा हरायो ।

आर्मीले दावालीलाई २५-१९, २५-११, २५-२० ले पराजित गरेको हो । लगातार दोस्रो जितपछि आर्मीले ६ अंक जोडेको छ ।

आर्मीले शनिबार पहिलो खेलमा सैलुङ बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सैलुङ बाघढुङ्गा स्पोर्टस क्लबलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल भलिबल संघको आयोजना गरेको एनभीए क्लब लिगमा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?