+
+

प्रभु बैंकले उपलब्ध गरायो नुवाकोटका किसानलाई सहुलियतपूर्ण ऋण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १३:१३

काठमाडौं । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराएको छ ।

५ साउन २०७९ मा हेफर इन्टरनेशनल नेपालसँग भएको सम्झौता अनुसार अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको सहकार्यमा किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको बैंकले जनाएको छ ।

बट्टारमा एक कार्यक्रमको आयोजना गरी ७ जना किसानलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाईनान्स विभाग प्रमुख प्रविनकुमार दहालले संयुक्त रुपमा उक्त चेक किसानहरुलाई हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष तामाङले यस्तो खालको कर्जा किसानलाई निरन्तर रुपमा उपलब्ध गराउन बैंकसँग आग्रह गरे ।

हेफरले ४४ जिल्लाका करिब ४ लाख पिछडिएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?