+
+

राजीव विक्रम शाह एसियन एथ्लेटिक्स एसोसिएसनको सदस्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १३:०४

२७ असार, काठमाडौं । राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसियसनको सदस्य पदमा निर्वाचित भएका छन् ।

थाईल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभामा शाह सर्वाधिक मद ल्याएर सदस्यमा विजयी भएका हुन् । नेपाल एथलेटिक्स एसोसियसनका अध्यक्ष समेत रहेका शाहले कार्यसमिति सदस्य पदमा ३४ मत प्राप्त गरे ।

८ सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा शाहले धेरै मत ल्याएका हुन् ।

शाह नेपाल कांग्रेसका नेतासमेत हुन् । जाजरकोटका उनी प्रदेश सभा सांसद हुन् ।

उनी अहिले नेपाल एथलेटिक्स एसोसियनको अध्यक्ष छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले नयाँ निर्वाचनका लागि शाहलाई संयोजक राख्दै एथलेटिक्स संघको तदर्थ समिति गठन गरेको छ ।

एसियन एथ्लेटिक्स एसोसियनसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित भएका छन् । उनी तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन् ।

सदस्यमा निर्वाचित भएपछि शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एसियन एथ्लेटिक्स एसोसिएसनको सदस्य पदमा निर्वाचित हुनु खुशीको कुरा भन्दै यसले नेपालको एथ्लेटिक्स विकासमा सहयोग पुग्ने बताएका छन् ।

‘एसियाली एथलेटिक्सको परिषदमा निर्वाचित हुनु खुसीको कुरा त छँदैछ । यस संगठनमा भोलि म रहुँला नरहुँला तर यसबाट नेपाल एथलेटिक्सलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत मिल्ने छ । यो हामी नेपालीले गौरव गर्ने कुरा हो । विदेशमा भाग लिने अर्थात सहभागी हुन जाने जति पनि खेल हुन वा प्रशासनिक कार्यमा प्रतिस्पर्धा भएको छ नेपालीले जितेर आएको इतिहास बनेको नै छ । त्यसैले अवसर पाएको खण्डमा नेपालीहरु अरु देश भन्दा केहीमा कमि छैनन् भन्ने मेरो बुझाइ छ,’ शाहले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?