+
+

एथलेटिक्समा गणेश विकको राष्ट्रिय कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १७:२६

४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे ।

बागमती प्रदेशका अविनास सुनार (१.७५ मिटर) दोश्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेश्रो भए ।

सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सीमा श्रेष्ठ (१.३८ मिटर) दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हिरा बुढा (१.३० मिटर) तेश्रो भए ।

छात्र १५०० मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोश्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा पहिलो भइन् । निर्धारित दूरी तय गर्न कल्पनाले ५ मिनेटमा ०४.४ सेकेन्ड समय लगाइन् ।

सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोश्रो तथा बागमतीकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेश्रो बने ।

छात्राको ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए । उनले ५१.५ सेकेन्डमा दूरी तय गरे ।

बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोश्रो तथा कोशी प्रदेशका राकेश सार्की तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सकेन्ड समय खर्चिन् ।

लुम्बिनीकी अनिशा थारु (१ मिनेट ०३.५ सेकेन्ड) दोश्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेश्रो भए ।

छात्रको १०० मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए ।

बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा (११.५२ सेकेन्ड) तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन् । गण्डकीकी एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोश्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?