+
+

पुरुष भलिबलमा आर्मीलाई हराउँदै पुलिस दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते २०:०५

२८ असार, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिससँग पराजित भएको छ ।

चौथो खेल सम्म अपराजित आर्मी आफ्नो पाँचै खेलमा पुलिसँग  ३–० को सोझो सेटमा पराजित भयो । खेल पुलिसले २५–२१, २८–२६, २५–१४ ले जित्यो ।

यो जितसँगै पुलिसको ५ खेलबाट १२ अंक भएको छ । पुलिस अंक तालिकामा दोश्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलमा ११ अंक भएको छ ।

पाँच खेलबाट १३ अंक बटुलेको टिप टप हेल्प नेपाल तालिकाको शीर्ष स्थानमा छ । एपीएफको ११ अंक छ । समान अंक भएता पनि अंक रेसियोका आधारमा एपीएफ आर्मी भन्दा पछाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?