+
+

बालकको मृत्युपछि दोस्रो दिन पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १२:०३

२९ असार, दाङ । बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त बनेको हो ।

मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएको थियो ।

मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् । बिहीबार पनि पीडितले प्रतिष्ठान घेराउ गरेका थिए । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ ।

आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ ।

प्रतिष्ठानमा पीडित पक्षको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरिरहेको छ ।

आन्दोलन हिंसात्मक हुन नदिन प्रतिष्ठानमा सुरक्षाा व्यवस्था कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताए ।

बिहीबार मृतकका परिवार र अस्पतालबीच छलफल भए पनि सहमति हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?