+
+

एनभीए भलिबलमा एपीएफलाई हराउँदै पुलिसको पुरुष टिम पनि फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १७:१६

२९ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबको पुरुष टोली पनि फाइल प्रवेश गरेको छ ।

एपीएफ पुलिससँग २५-२२, २५-१३ र २५-१५ को सोझो सेटमा पराजित भएको हो । पुलिससँग पराजित हुँदै एपीएफ भने लिग चरणमै सिमित बनेको छ ।

पहिलो सेटबाट दबदबा बनाएको पुलिस तेस्रो सेटसम्म नै खेलमा हाबी हुँदै खेल सोझो सेटमा सकेको हो ।

पुलिस लिग चरणमा ६ खेलमा ५ जित र १ हारसहित १५ अंकको साथमा फाइनल प्रवेश गरेको छ ।

पुलिस ६ खेलमा १५ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

अर्को फाइनलिस्ट भने आर्मी र हेल्प नेपालको खेलपछि टुंगो लाग्नेछ ।

महिलातर्फ पनि पुलिस फाइनलम पुगेको छ । फाइनल खेल शनिबार १२ बजे र पुरुषको फाइनल दिउँसो ३ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?