+
+

सचिव कृष्णबहादुर राउतको निवेदनलाई एकैसाथ पेश गर्नु : सर्वोच्च

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १८:२२

२९ असार, काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो ।

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको निवेदन आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चको शुक्रबारको आदेश अनुसार सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?