+
+

धावक उत्पादन गर्न प्रशिक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते ८:४८

३१ असार, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले यस प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे ।

दौड संस्कृतिलाई प्रवर्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गरेको एनआरएस स्पोर्टस फाउन्डेसनका संस्थापक तथा काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए ।

१२ वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरी प्रशिक्षण सुरुआत गरिएको हो । लामो समयदेखि दक्षिण एसियाली स्तरका दौड प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । अझै व्यवस्थित प्रशिक्षण दिन सकेको खण्डमा भविष्यमा विश्व स्तरका खेलाडी तयार हुने सम्भावना छ ।

एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन वातावरण तयार पार्न सके नेपालले माथिल्लो स्तरका खेलाडी तयार हुने विश्वास व्यक्त गरे ।

दौडको प्रशिक्षणका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्यले महत्वपूर्ण हुने विश्वास लिएको छ । नि:शुल्क रुपमा गरिने प्रशिक्षण पहिलो चरणमा उपत्यकाका काठमाडौं, पाटन, भक्तपुर, थिमी, कीर्तिपुरमा सन्चालन गरिनेछ ।

अर्को चरणमा हेटौंडा, बुटवल र पोखरामा प्रशिक्षणा गरिनेछ । काठमाडौंमा विमला राना मगर,  पाटनमा विमला जोशी र धनिराम चौधरी, भक्तपुरमा मोहन कर्माचार्य, थिमीमा राधेश्याम कावा, पोखरामा सिद्धान्त अधिकारी र हेटौडामा राजाराम पोखरेलले प्रशिक्षण दिनेछन् भने प्रशिक्षकहरुको संयोजक राकेश बज्राचार्य छन् ।

एनआरएस स्पोर्टस पाउन्डेसन अध्यक्ष श्रेष्ठले प्रशिक्षण सन्चालनका लाािग आफूहरु उत्साहित  रहेको र  नेपालमा दौड संस्कृतिको प्रवर्द्धनमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । प्रशिक्षकहरुले बालबालिकालाई दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउबारे ज्ञान दिनुहुनेछ । यसले प्रशिक्षार्थीहरुमा आफ्नो शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शनमा सुधार गर्न मद्दत मिल्ने विश्वास लिएको छ ।

इनड्राइभका नरेश  श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशिक्षण कार्यक्रममा साथ रहेको र भविष्यमा पनि सहकार्य  रहने बताए । अनलाइनमार्फत १ सय भन्दा बढी बालबालिकाले प्रशिक्षणका लागि नाम दर्ता गराइसकेका छन् ।

युवा तथा सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवर्द्धन गर्न इनड्राइभले ३ सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मद्दत गर्नेछ । काठमाडौं म्याराथनको १५ औं संस्करण आगामी असोज २७ गते शनिबार आयोजना हुने घोषणा यसअघि नै भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?