+
+

जोकोभिचको दबदबा अन्त्य गर्दै अल्कारेजले जिते विम्बलडन उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते ६:४०

१ साउन, काठमाडौं । स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन् ।

२० वर्षीय युवा अल्कारेजले आइतबार राति भएको फाइनलमा पाँच सेटसम्म चलेको प्रथिस्पर्धात्मक खेलमा जोकोभिचलाई १-६, ७-६, ६-१, ३-६, ६-४ ले पराजित गरे ।

जोकोभिच लगातार आठौं विम्बलडन र पुरुषतर्फ २४औं ग्राण्ड्सलाम टेनिस जित्ने लक्ष्यमा थिए । तर ३६ वर्षीय जोकोभिचलाई युवा अल्कारेजले उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरे ।

अल्कारेजले पहिलो पटक विम्बलडन ओपनको उपाधि जितेका हुन् ।

‘मेरो लागि सपना पूरा भएको छ,’ चौथो पटक मात्रै ग्रास कोर्टमा खेलेका अल्कारेजले भने,’म मेरो लागि एकदमै गौरवान्वित छु ।’

अल्कारेल गत वर्ष युएस ओपन जितेका थिए । उनले दुई ग्राण्ड्सलाम जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?