+
+

शनिबार हुने मिस्टर नेपालको फिनालेमा भिड्दै १९ प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १४:२९

काठमाडौं । पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो गणना सुरु भइसक्दा यतिबेला उनीहरु पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, छोटो पदयात्रा, क्याटवाक, व्यक्तित्व विकास र पब्लिक स्पिकिङ लगायतका प्रशिक्षण उनीहरुले लिएका छन् ।

आयोजक नेक्स्ट मोडल नेपाल्सले फिनालेको तयारी पूरा भएको जनाएको छ । १६ देखि ३२ वर्ष उमेरका पुरुष प्रतिस्पर्धामा उत्रिएका छन् । कोरियोग्राफरको रुपमा रहेका अभिनेता प्रशान्त ताम्राकारले फिनाले विगतको भन्दा भव्य हुने बताए । यस वर्ष मिस्टर नेपाल न्यु लुक मिस्टर नेपालको नामबाट आयोजना हुँदैछ ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगितामा कुनै पेशा व्यवसायमा स्थापित युवायुवतीको सहभागिताको प्रवृत्ति देखिएको छ । सन् २०२३ को मिस नेपाल प्रतिस्पर्धामा पनि यस्तै ट्रेन्ड देखिएको थियो । त्यस्तै ट्रेन्ड अनुरुप मिस्टर नेपालमा पनि यस्तै परिदृश्य देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?