+
+

चालु आर्थिक वर्षमा २ हजार बढी निजामती कर्मचारीको अवकाश हुने (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १२:२६

४ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा २ हजार २६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने भएको छ ।

निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।

महानिर्देशक टोकराज पाण्डेका अनुसार विशिष्ट श्रेणीका १९ जनादेखि श्रेणीविहीन ६०० बढीसम्मका कर्मचारीहरु आर्थिक वर्ष २०८०/८१ भित्र अवकाशमा जानेछन् ।

निजामती सेवा ऐनमा अन्ठाउन्न वर्ष उमेर पूरा भएका वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरु अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

निजामती सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको एक महिनाभित्रमा सम्बन्धित निकायले लोक सेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनु पर्ने व्यवस्था छ ।

सोही विवरणको आधारमा लोक सेवा आयोगले कर्मचारी छनौटको परीक्षा लिई नियुक्तिका लागि सिफारिस गर्दछ ।

हेर्नुहोस् अवकाशमा जाने कर्मचारीहरुको विवरण –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?