+
+

जीतजंग बस्नेत भन्छन् : गृहमन्त्रीको राजीनामा माग्न जाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १३:०४

५ साउन, काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पछिल्लो सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम मुछेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ निकाल्दै उनले भने, ‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं ।’

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले थपे, ‘हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ?’

पार्टीभित्र सभापति र आफ्नै नेताहरुलाई खुइल्याएर आफू ठूलो हुने प्रवृत्ति रहेको उनले बताए ।

सरकारको प्रभावकारिता शून्य रहेकाले यो सरकारमा सहभागी भएर जाने कि नजाने सोच्नुपर्ने बेला आएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?