+
+

आठ कुरा, जुन किशोर-किशोरीले गुगलमा खोजिरहेका हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १५:०३

अहिलेका किशोर–किशोरीले मनमै कुरा गुम्साएर राख्नुपर्ने वाध्यता छैन । उनीहरु आफ्नो मनमा गाँठो परेको कुरा कुनै न कुनै माध्यामबाट सहजै पोख्न सक्छन् । खासगरी सोशल मिडिया वा गुगल उनीहरुको भरपर्दो माध्याम हुन् ।

कतिपय कुरा यस्ता हुन्छन्, जो अरुलाई सोध्न असहज लाग्छ । त्यस्ता प्रश्नका जवाफ अहिले धेरैले गुगलमा खोजिरहेका हुन्छन् । यसरी गुगलबाट कुनैपनि जवाफ खोज्नेमा किशोरपुस्ता अगाडि छन् । आफ्नो करियर वा रुचीको कुरा होस् वा फेसन ट्रेन्डको, यौनको कुरा होस् वा परिकारको उनीहरु गुगलमा खोजिरहेका हुन्छन् । आखिर किशोर किशोरीले गुगलमा धेरैभन्दा धेरै के कुरामा खोजिरहेका हुन्छन् ?

१. स्वास्थ्यको कुरा

झट्ट हेर्दा त लाग्छ, उनीहरु गुगलमा केवल मनोरञ्जात्मक सामाग्री खोजिरहेका हुन्छन् । तर, अहिलेका किशोर किशोरीले धेरैजसो स्वास्थ्यबारे जिज्ञासा राखिरहेका हुन्छन् । खासगरी उनीहरु डिप्रेसन, एन्जाइटी, फिटनेसको बारेमा धेरैजसो प्रश्न गरिरहेका हुन्छन् ।

कस्तो खानपान गर्ने, कसरी मोटोपन नियन्त्रण गर्ने जस्ता कुरा पनि उनीहरु गुगलमा खोजिरहेका हुन्छन् । कतिपयले गुगलबाटै व्यायामको विधि सिकिरहेका हुन्छन् ।

२. विन्डो सपिङ

विन्डो सपिङले अहिले चल्तीमा आएको भाषा हो । यसले अनलाइन खरिदारीलाई इंगित गर्छ । विन्डो सपिङ भनेको भौतिक रुपमा कुनैपनि पसलमा उपस्थिती नभई गुगलबाट आफुलाई जरुरी सरसामनको विवरण हेर्नु भन्ने बुझिन्छ ।

अहिलेका किशोर किशोरीले लुगाकपडा, मोवाइल, ल्यापटप, घडी, जुत्ता, किताब, चस्मा आदिको डिजाइन र मूल्यबारे गुगलबाट जानकारी लिइरहेका हुन्छन् । एक अध्ययन अनुसार धेरैजसो किशोर किशोरी अनलाइनबाटै सरसामन खरिद गर्न सहज मान्छन् ।

३. रिलेसनसिप र डेटिड

स्वभाविक हो, किशोर चरणमा पुगेपछि प्रेम र यौनको बारेमा बढी नै उत्सुकता हुन्छ । उनीहरु यस्तो कुरा आमाबुवा वा साथीभाईसँग खुलेर गर्न सक्दैनन् । त्यसैले आफुभित्र आउने यस्ता जिज्ञासाहरु उनीहरुले आफैभित्र गुम्साएका हुन्छन् ।

कसरी केटा वा केटीसँग सम्बन्ध बनाउने, कसरी प्रेम गर्ने, कसरी डेटिङ जाने भन्ने कुरादेखि उनीहरुले यौनसँग सम्बन्धित थुप्रै प्रश्न गुगलमै खोजिरहेका हुन्छन् ।

आफ्नो उत्सुकता मेट्नका लागि गुगल नै उनीहरुका लागि सुरक्षित र गोप्य माध्याम बन्ने गर्छ ।

४. प्रविधि र गेमिड

किशोरपुस्ता नयाँ नयाँ उपकरणप्रति चासो राख्छन् । विश्व बजारमा के कस्ता उपकरण भित्रिए ? उनीहरु सकेसम्म अपडेट हुन्छन् । मोवाइल होस वा अरु केही कुरा, उनीहरुलाई त्यसप्रति औधि रुची हुन्छ । गेमिङ र गेमिङ डिभाइसमा पनि उनीहरु धेरै चासो राख्छन् ।

गुगलमा उनीहरु नयाँ नयाँ उपकरणबारे खोजिरहेका हुन्छन् । नयाँ मोवाइल वा कुनै डिभाईसको फिचर, मूल्यबारे प्रश्न गरिरहेका हुन्छन् । त्यसैगरी कतिपयले गेमिङको तौर तरिकाबारे गुगलमा खोज्ने गरेका छन् ।

५. शैक्षिक सहयोग

अहिलेका किशोर किशोरीले आफ्नो पढाई वा करियरका कुरा पनि गुगलमा खोज्ने गरेका छन् । असाइनमेन्ट गर्दा वा परीक्षाको तयारी गर्दा पनि उनीहरुले गुगलको सहयोग लिने गरेका छन् ।

त्यसो त अहिले शैक्षिक सामाग्रीका थुप्रै स्रोत इन्टरनेटमा नै फेला पार्न सकिन्छ । कतिपय पाठ्पु्स्तमा नभएका कुरा पनि उनीहरु गुगलमा खोज्ने गर्छन् ।

साथै समय व्यवस्थापन कसरी गर्ने, अध्ययन प्रक्रिया कस्तो हुनुपर्छ, कसरी नोट बनाउने जस्ता जुक्ति लिन पनि गुगलको सहयोग लिने गर्छन् ।

६. मनोरञ्जनका कुरा 

अहिलेका किशोर किशोरी मनोरन्जनका कतिपय जानकारी पनि गुगलबाट लिने गर्छन् । सिनेमाका बारेमा, संगीतका बारेमा, कलाकारका बारेमा, कुनै इभेन्टका बारेमा उनीहरु गुगलबाटै जानकारी लिइरहेका हुन्छन् ।

प्रख्यात कोरियाली सांगीतिक व्यान्ड बिटिएस, ब्ल्याक पिंकका बारेमा पनि धेरैले गुगलमा खोजिरहेका हुन्छन् । त्यसैगरी प्रदर्शनको मुखैमा रहेका सिनेमाका बारेमा पनि उनीहरु निकै चासोपूर्वक गुगलमा जानकारी खोजिरहेका हुन्छन् ।

७. करियरको खोजी

किशोरावस्थामा नै यस्तो चरण हो, जतिबेला उनीहरुलाई पढाईका साथसाथै करियरको पनि चासो हुन थाल्छ । भविष्यमा के गर्ने, के बन्ने, कसरी सुखी र खुसी जीवन पाउने भन्ने कुराले उनीहरुलाई करियरतर्फ चासो बढाइदिन्छ ।

त्यसैले उनीहरु गुगलमा आफ्नो रुची अनुसारको करियरबारे जानकारी लिइरहेका हुन्छन् । साथसाथै रोजगारको अवसरबारे पनि उनीहरु खोजीरहेका हुन्छन् । कहाँ, के गर्ने भन्ने कुरामा उनीहरुको बढी नै चासो हुन्छ । अनलाइनबाटै गर्न सकिने कामहरुबारे पनि उनीहरु गुगलमा अवसरका खोजी गरिरहेका हुन्छन् ।

८. समाचार र घटनाक्रम

किशोरहरुलाई विश्वमा के भइरहेको छ ? कुन विषयमा वहस भइरहेको छ ? कुन कुरामा कसले के प्रतिक्रिया दिइरहेका छन् भन्ने कुरामा पनि चासो हुने गर्छ । विश्वमा भइरहेको राजनीतिक, सामाजिक कुराहरुबारे उनीहरुले गुगलबाटै जानकारी खोजिरहेका हुन्छन् । त्यसैगरी प्रविधि, मनोरन्जन जस्ता विषयमा पनि उनीहरु अपडेट भइरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?