+
+

केन्द्रीय समिति बैठक कामचलाउ जस्तो भयो : किशोरसिंह राठौर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १६:३७

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले केन्द्रीय सदस्यलाई बोल्नका लागि उपलब्ध गराइएको समय अपुग भएको बताएका छन् ।

पार्टी बैठकमा धारणा राख्ने क्रममा राठोरले भने,‘केन्द्रीय सदस्यलाई कम्तिमा १० मिनेट बोल्न दिनुपर्थ्यो । यो चाहिं काम चलाउ बैठक जस्तो भयो । निचोड आउँछ जस्तो मलाई लाग्दैन ।’

महामन्त्रीले ल्याएको कार्यतालिकामा धेरै बोल्न मन लागे पनि समय नभएको उनले सुनाए ।

महामन्त्रीले ल्याएको कार्यतालिकालाई चटके कार्यतालिकाकोसंज्ञा राठोरले दिए ।

‘आज महामन्त्रीहरुले सभापतिहरुलाई दोष लाउने परिस्थिति किन सिर्जना भयो ? महामन्त्रीले सभापतिलाई कन्फिडेन्टमा लिएर पार्टीलाई अघि बढाउने हो,’ राठोरले भने ।

सभापतिलाई अलग राखेर पार्टी अघि बढाउँछु भनेर महामन्त्रीहरु लाग्नु मिथ्या कुरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?