+
+

सामाखुशीमा बाढीले बगाउँदा बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते २०:१७

७ साउन, काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो ।

उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको डीएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?