+
+

अनाथ बालबालिकाका लागि मिस नेपालहरुले गरे फिल्म ‘बार्बी’को विशेष शो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १३:०७

काठमाडौं । यतिबेला विश्वभर हलिउड फिल्म ‘बार्बी’को क्रेज चुलिएको छ । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । नारी सशक्तीकरण र मानवीयताको सन्देश दिने यो फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ ।

आइतबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्सको हलमा सामाजिक उद्देश्यले ‘बार्बी’को प्रदर्शन आयोजना गरिएको थियो । मिस नेपाल सुन्दरीहरुले आयोजना गरेको यो विशेष स्क्रिनिङमा पूर्वदेखि वर्तमान मिस नेपालहरु बार्बी पहिरनमै समारोहमा उपस्थित भए ।

कोभिडको बेला बाबुआमा बितेका बालबालिकाहरुको शिक्षामा सघाउने उद्देश्यले पूर्वमिस नेपाल वर्ल्ड क्लबले विशेष शोको आयोजना गरेको थियो । मिस नेपाल २०२२ प्रियंकारानी जोशीले बालबालिकालाई शिक्षामा सघाउने उद्देश्यले च्यारिटी स्क्रिनिङ गरिएको बताइन् । ‘उठेको पैसा ती बच्चाको पढाइका लागि खर्च हुन्छ,’ उनले भनिन् ।

समारोहमा वर्तमान मिस नेपाल वर्ल्ड सृच्छा प्रधानदेखि अघिल्लो पटकका विजेताहरु समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?