+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अनाथ बालबालिकाका लागि मिस नेपालहरुले गरे फिल्म ‘बार्बी’को विशेष शो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १३:०७

काठमाडौं । यतिबेला विश्वभर हलिउड फिल्म ‘बार्बी’को क्रेज चुलिएको छ । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । नारी सशक्तीकरण र मानवीयताको सन्देश दिने यो फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ ।

आइतबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्सको हलमा सामाजिक उद्देश्यले ‘बार्बी’को प्रदर्शन आयोजना गरिएको थियो । मिस नेपाल सुन्दरीहरुले आयोजना गरेको यो विशेष स्क्रिनिङमा पूर्वदेखि वर्तमान मिस नेपालहरु बार्बी पहिरनमै समारोहमा उपस्थित भए ।

कोभिडको बेला बाबुआमा बितेका बालबालिकाहरुको शिक्षामा सघाउने उद्देश्यले पूर्वमिस नेपाल वर्ल्ड क्लबले विशेष शोको आयोजना गरेको थियो । मिस नेपाल २०२२ प्रियंकारानी जोशीले बालबालिकालाई शिक्षामा सघाउने उद्देश्यले च्यारिटी स्क्रिनिङ गरिएको बताइन् । ‘उठेको पैसा ती बच्चाको पढाइका लागि खर्च हुन्छ,’ उनले भनिन् ।

समारोहमा वर्तमान मिस नेपाल वर्ल्ड सृच्छा प्रधानदेखि अघिल्लो पटकका विजेताहरु समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?