+
+

अमेरिकी सहर सिओक्स फल्सले जुलाई २३ लाई ‘मेलिना राई डे’को रुपमा मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते ११:४१

काठमाडौं । अमेरिकी राज्य साउथ डेकोटाको एक सहर सिओक्स फल्सले जुलाई २३ लाई ‘मेलिना राई डे’को रुपमा मनाउने घोषणा गरेको छ । मेलिनाको अमेरिका टुरको सिलसिलामा सोमबार उक्त सहरमा आयोजित समारोहमा मेयर पल टेनहकेनले उक्त घोषणा गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा उपस्थित मेयर टेनहकेनले गायिका राईलाई उक्त घोषणा उल्लेखित सम्मानपत्र पनि पढेर सुनाउँदै हस्तान्तरण गरे । उक्त समारोहमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो भने मेलिनाले आफ्ना चर्चित गीतहरु गाएर मनोरञ्जन प्रदान गरिन् ।

मेलिनाको अमेरिका टुरको पहिलो कन्सर्ट कार्यक्रम साउथ डेकोटास्थित उक्त सहरमा आयोजना गरिएको थियो । ‘फस्ट यूएस टुर २०२३’ नामक उक्त कार्यक्रम मेलिनाले अन्य अमेरिकी सहरमा समेत गर्दैछिन् । अन्य अमेरिकी राज्यमा अन्य १४ वटा प्रस्तुति दिने उनको तयारी छ । जुलाई २८ मा न्यु ह्यामसायर र जुलाई २९ मा न्युयोर्कमा उनको कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?