+
+

नेपाल-भारत सीमामा एसएसबीको कडाइ, परिचयपत्र माग्ने गरेको गुनासो

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८० साउन १० गते १३:४७

१० साउन, रौतहट । नेपाल-भारत सीमा क्षेत्रबाट आवतआवत गर्दा भारतीय सुरक्षाकर्मीहरुले परिचय खुल्ने कागजात माग्न थालेका छन् ।

पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल -एसएसबी)ले नाकामा कडाइ गरेको हो ।

मधेश प्रदेशसँग सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन् । पहिचान खुल्ने कागजात नदेखाउँदा उनीहरुले सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाउने गरेको स्थानीय बताउँछन् । यसअघि नेपाल-भारत सीमा क्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा यात्रुले कागजात प्रमाण देखाउने व्यवस्था थिएन ।

‘अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण मागिरहेका छन्,’ गौरका स्थानीय प्रमोद साहले भने, ‘यसअघि कहिले पनि यसरी नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाइ गरिएको छ ।’

पाकिस्तानी नागरिक सीमा हैदर १३ मेको दिन काठमाडौंबाट महोत्तरीको भिठामोड हुँदै सहजै भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले उनको बारेमा गहन छानबिन गरिरहेका छन । भारतका मिडिया रिपोर्ट अनुसार सीमा र सचिन १० मार्चदेखि १७ मार्चसम्म काठमाडौंमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?