+
+

कोशी सरकार गठनको विवादमा सुनुवाइ सकियो, मुद्दा हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १७:१२

१० साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको विवादमा सुनुवाइ सकिएको छ । अब मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको हो । लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले सर्वोच्च अदालतले विहीबार अन्तिम आदेश नै गर्ने स्रोतको दाबी छ ।

कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुख निष्पक्ष भूमिकामा रहनुपर्ने भएकाले मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गर्दै आफूलाई नियुक्त गर्न परमादेश माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?