+
+

कोशीमा कामचलाउ सरकारको प्रमुख को ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १६:४१

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्त बदर गरेको छ । साथै संविधानको धारा १६८(२) अनुसार ७ दिनभित्र नयाँ सरकार बनाउन भनेको छ ।

त्यसो नभएमा धारा १६८(३) अनुसार सरकार गठन गर्न पनि भनिएको छ । सर्वोच्चको आदेशबाट थापा पदमुक्त भएपछि नयाँ सरकार गठन नहुँदासम्म कोशीमा कामचलाउ सरकारको प्रमुख को भन्ने प्रश्न उठेको छ ।

किनकी सर्वोच्चले कांग्रेस संसदीय दलका नेता थापाको मुख्यमन्त्री पदमा भएको नियुक्ति नै बदर गरेको छ । तर कामचलाउ सरकारबारे बोलेको छैन ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘सरकारविहीताको अवस्था त हुन्न होला । तर कामचलाउ सरकार के हुने भन्ने हामी पनि प्रदेश प्रमुखसँग छलफलमा छौंं ।’

अधिवक्ता भीमार्जुन आचार्य नियुक्ति नै बदर भएकाले थापा कामचलाउ हैसियतमा नहुने बताए । अब अर्को सरकार गठन नहुुँदासम्म यसअघिका मुख्यमन्त्री कार्की नै कामचलाउ हैसियतमा रहने धारणा राखे ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी पनि सर्वोच्चले कामचलाउ सरकारबारे नबोलेकाले सरकारविहीनताकै अवस्था रहेको बताउँछन् । तर सिद्धान्ततः सरकारविहीनताको अवस्था कहिले पनि नहुने भएकाले अघिल्लो अन्तरिम आदेश अनुसार वर्तमान सरकार नै कामचलाउ हैसियतमा रहन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?