+
+

नेपाली एनिमेसन फिल्म ‘सलीना’को टिजर : राजकुमारी र राक्षसनीको लडाइँको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १७:४७

काठमाडौं । नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक भएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित फिल्मलाई मुलुकको पहिलो एनिमेटेड फिल्म भनिएको छ ।

धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा फिल्म आधारित छ । टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट चित्रण गर्ने प्रयत्न गरेको छ ।

एक मिनेट १३ सेकेण्ड लामो टिजर एक्सन प्रधान लाग्छ । महिला सशक्तीकरणको सन्देश दिने यो फिल्मलाई ६ वर्ष लगाएर रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले तयार पारेको निर्देशक तेजशराज जोशीले बताए ।

टिजरमा प्रदर्शन मिति भने उल्लेख छैन । यद्यपि, यसै वर्ष नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा फिल्मलाई प्रदर्शन तयारी गरिएको निर्देशक जोशीले जनाए ।

शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् ।

फिल्मको निर्माता तेजशराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?