+
+

पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १९:२९

१४ साउन, काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् ।

उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?