+
+

संघीय मामिलाले प्रष्ट्यायो सरुवाबारेको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते २०:५३

१४ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक कर्मचारीसँग आवेदन माग गर्दै प्रकाशन गरेको सूचनालाई थप प्रष्ट पारेको छ । मन्त्रालयले आइतबार अर्को एक सुचना जारी गर्दै ११ साउनमा कर्मचारी सरुवा व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचनाको व्यहोरालाई थप प्रष्ट्याएको हो ।

‘…संघीय निजामती सेवामा समायोजन भएका कर्मचारीहरु, संघीय निजामती सेवामा समायोजन भई कर्मचारी समायोजन ऐन, २०७५बमोजिम प्रदेश र स्थानीय तहमा कामकाजमा खटाइएका कर्मचारीहरु तथा संघीय निजामती सेवामा समायोजन भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा खटाइएका कर्मचारीहरुलाई मात्र लागू हुनेछ,’  सूचनामा भनिएको छ,‘उक्त सूचना कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारीहरु तथा तत् तत् प्रदेश र स्थानीय तहहरुको लागि लोकसेवा आयोग तथा सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्ति भएका कर्मचारीहरुको हकमा लागु नहुने जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मन्त्रालयले ११ साउनमा जारी गरेको सूचनामा ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रका कार्यालयमा काम गरिसकेका कर्मचारीले ‘ग’ वा ‘घ’ वर्गको तथा ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी सकेका कर्मचारीहरूले ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक भए ९ दिन भित्र मन्त्रालयमा इमेल गर्न भनेको थियो । पीआईएस अपडेट गर्न भन्दै यस्तो आवेदन मागिएपछि असम्बनिधकत कर्मचारीले पनि आवेदन दिन थालेपछि मन्त्रालयले प्रष्टीकरण दिँदै सूचना निकालेको हो ।
११ साउनको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?