+
+
Shares

सरुवा र काज फिर्ता मान्दैनन् पहुँचवाला कर्मचारी

मन्त्रीको संरक्षण पाएपछि सरुवाको रमाना बुझ्दैनन् कर्मचारी

सङ्घीय सरकारले मधेश प्रदेशमा कार्यरत दर्जनौँ इन्जिनियर र चिकित्सकको सरुवा तथा काज फिर्ता गरे पनि उनीहरूले रमाना बुझ्न मानेका छैनन् । मुख्यमन्त्री र मन्त्रीहरूकै संरक्षणमा पहुँचवाला कर्मचारीहरूले सङ्घीय मन्त्रालयको आदेश अटेर गरेर पुरानै अड्डामै रजगज गरिरहेका छन् । 

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ वैशाख १० गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेह प्रदेशका विभिन्न कार्यालयका १२ जना कर्मचारीको सरुवा गरेको छ, तर उनीहरूले अझै रमाना नबुझेका छन्।
  • मधेश सरकारको मुख्यमन्त्री कार्यालयले सरुवा सम्बन्धी पत्राचार गरी रमाना बुझ्न ताकेता गरेको छ, तर कर्मचारीहरू जिम्मेवारीमा निरन्तर छन्।
  • स्वास्थ्य मन्त्रालयका चिकित्सक डा. राजीवकुमार झा लगायतका कर्मचारीको काज फिर्ता र सरुवा भएको पनि उनीहरूले रमाना नबुझेको मन्त्रालयले जनाएको छ।

१० वैशाखजनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २ गते मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयबारामा कार्यरत प्रमुख (राजपत्राङ्कित तृतीय श्रेणी) इन्जिनियर राजेन्द्र साहको सरुवा गरेको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गत उनको सरुवासम्बन्धी पत्रसहितको जानकारी सामान्य प्रशासन मन्त्रालयले गराउँदै मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सूचित गरेको थियो । तरइन्जिनियर साहले अझैसम्म रमाना बुझेका छैनन् । पूर्वाधार कार्यालय बाराकै प्रमुखको जिम्मेवारी सम्हालेर बसेका छन् । उनी वर्षौँदेखि सोही कार्यालयमा कार्यरत छन् ।

यसैगरीपूर्वाधार विकास कार्यालय रौतहटमा प्रमुखका रूपमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर (राजपत्राङ्कित द्वितीय श्रेणी) दीपककुमार मिश्रको पनि माघ ४ गते सरुवा गरिएको थियो । सामान्य प्रशासन मन्त्रालयले उनलाई सहरी विकास मन्त्रालय वा अन्तर्गतका निकायमा सरुवा गर्दै मुख्यमन्त्री कार्यालयमा जानकारी गराएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुवै कर्मचारीलाई सम्बन्धित भौतिक पूर्वाधार मन्त्रालयमार्फत सरुवासम्बन्धी जानकारी गराएको छ र रमाना बुझ्न ताकेता गरेको छ । तरदुवै कर्मचारी अझैसम्म कार्यालय प्रमुखकै जिम्मेवारीमा छन्रमाना बुझेर जान मानेका छैनन् ।

भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहका अनुसार मुख्यमन्त्री कार्यालयबाट सरुवाको जानकारी प्राप्त हुनासाथ सम्बन्धित कर्मचारीलाई रमाना बुझ्न पत्राचार गरिसकिएको छ । ‘मन्त्रालयले सम्बन्धित कर्मचारीलाई पत्र लेखेर जानकारी दिँदै रमाना बुझ्न भनेको छतर उहाँहरूले अहिलेसम्म रमाना बुझ्नुभएको छैन,’ उनले भने ।

यी दुई कर्मचारी मात्र होइनन्यसै मन्त्रालय मातहतका अन्य कर्मचारी पनि सरुवा नमान्ने सूचीमा छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २८ गते आठ जना इन्जिनियरको सरुवा गरेको थियो । सरुवा हुने नामावलीमा मन्त्रालयका इन्जिनियरहरू वीरेन्द्रप्रसाद साहसञ्जीवकुमार साहलालबाबु रायरामबाबु प्रसादरिम्पुकुमारी यादवअनन्तकुमार राउतरामसागर मण्डल र गुलाबु साहु छन् ।

उनीहरूको सरुवासम्बन्धी जानकारी मुख्यमन्त्री कार्यालयमार्फत भौतिक पूर्वाधार विकास कार्यालयहरूलाई पठाइएको छ । तर उनीहरूले समेत अहिलेसम्म रमाना बुझेका छैनन् ।

सम्बन्धित कार्यालयहरूमा रमाना प्रक्रिया अघि बढाउन हामीले पत्र पठाइसकेका छौँतर उहाँहरूले अझैसम्म रमाना लिनुभएको छैन,’ उनले भने । कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवको मौखिक निर्देशनमा चालु आर्थिक वर्षको असार मसान्तसम्म सरुवा भइसकेका कर्मचारीलाई नै निरन्तरता दिन खोजिएको छ ।

यो मन्त्रालयभन्दा भिन्न छैन मधेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका चिकित्सक कर्मचारीको अवस्था । मधेशको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख डा. राजीवकुमार झाको काज सङ्घीय सरकारले चैत २२ गते फिर्ता गर्‍यो । वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट (दसौँ तह) डा. झालाई नेपाल सरकारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनको दरबन्दी रहेको कोसी अस्पतालविराटनगरमा काज फिर्ता गरेको हो ।

यसबारे मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारी गराइसकेको छ । तरमङ्गलबारसम्म पनि डा. झाले रमाना बुझेका छैनन् । उनी स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रसँगै जनस्वास्थ्य प्रयोगशालाको पनि प्रमुखको जिम्मेवारीमा छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले डा. झाको काज फिर्तासम्बन्धी पत्र मन्त्रालयमा नआएको बताए । ‘अहिलेसम्म काज फिर्ताको पत्र आएको छैनआएपछि सोहीअनुसार कार्यान्वयन हुन्छ,’ उनले भने ।

यति मात्र होइनसङ्घीय सरकारअन्तर्गत स्वास्थ्यतर्फका कन्सल्टेन्ट फिजिसियन (दसौँ तह) तथा लहान प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाको दरबन्दी भएको वीर अस्पतालमा सरुवा भइसकेको छ । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. रामदेव चौधरीलाई दरबन्दी रहेको कोसी अस्पतालमा सरुवा गरिएको छ । तरयी दुवैले पनि अझैसम्म रमाना नबुझेको मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेशको उद्योगवाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत रौतहटको पर्यटन कार्यालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियर कमलेशकुमार मिश्रको गत चैत २४ गते सरुवा गरेको थियो । उनको जिल्ला समन्वय समितिको कार्यालयसोलुखुम्बुमा सरुवा भएको हो । तरउनले पनि अझैसम्म रमाना बुझेका छैनन् । मन्त्रालयका सचिव जयकुमार घिमिरेका अनुसार इन्जिनियर मिश्र रमाना बुझ्ने प्रक्रियामा छन् । ‘उहाँ रमाना बुझ्ने प्रक्रियामा हुनुहुन्छ,’ सचिव घिमिरेले भने ।

मधेशमा उपल्लो तहका तथा पहुँच भएका कर्मचारीहरूले सरुवा सहजै नमान्नेरमाना लिन आनाकानी गर्ने र पुनः आफूलाई अनुकूल पर्ने स्थानमै बस्न खोज्ने पुरानै प्रवृत्ति छ । त्यसका लागि मुख्यमन्त्रीदेखि मन्त्रीलाई रिझाउनुका साथै आवश्यक पर्ने सबै उपाय अपनाउन पनि पछि नपर्ने देखिन्छ ।

नयाँ सरकार बनेसँगै यस्तो अभ्यास रोकिने अपेक्षा रहे पनि वालेन्द्र शाह नेतृत्वको सरकारले गरेको सरुवा तथा काज फिर्ता निर्णयसमेत मधेशमा अटेर हुने गरेको पछिल्ला यी घटनाहरू उदाहरण हुन् ।

नेपाल सरकार मात्र होइनमधेश सरकारले गर्ने आफ्ना कर्मचारीको सरुवामा पनि त्यही रोग छ । सरुवा र काज फिर्ता पहुँचवाला कर्मचारीले मान्दैनन् । पहुँच नभएका र मन्त्रीका कुरा नमान्ने कर्मचारीलाई जिम्मेवारीविहीन राख्नेअसम्बन्धित कर्मचारीलाई जिम्मेवारी दिनेसरुवामा समस्या सिर्जना गर्ने कैयौँ घटना बाहिरिसकेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ताउपसचिव रोहित कोइरालाका अनुसार सङ्घीय सरकारले सरुवा गरेका तथा काज फिर्ता गरेका कर्मचारीबारे सम्बन्धित मन्त्रालयहरूलाई पत्राचार गर्ने गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त पत्रका आधारमा मुख्यमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयलाई पत्र पठाएर कार्यान्वयनका लागि जानकारी गराउने र ताकेता गर्ने काम हुँदै आएको छ,’ उनले भने, ‘तर पछिल्ला १२ जना कर्मचारीको हकमा के भयो भन्नेबारे अहिलेसम्म कुनै मन्त्रालयबाट जानकारी आएको छैन ।’

मधेशमा काम गर्नेभन्दा मुख्यमन्त्री र मन्त्रीका अघिपछि लाग्ने र उनीहरूको स्वार्थअनुसार काम गरिदिने कर्मचारीको रजगज छ । त्यहीअनुसार व्यक्तिहरूको अनुकूलतामा कार्यालय ताकेर कर्मचारीको व्यवस्थापन गर्ने गरिएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?