+
+

पाँचौ धनलक्ष्मी मेमोरियल स्क्वास साउन २१ देखि २७ सम्म

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १६:०६

१८ साउन, काठमाडौं । नेपाल स्क्वास  र्‍याकेट्स संघको आयोजनामा पाँचौ धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता सातदोबाटोमा साउन २१ गतेदेखी २७ गतेसम्म हुने संघले जानकारी दिएको छ ।

बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलन गर्दै संघले प्रतियोसगतासम्बन्धि जानकारी दिएको हो ।

प्रतियोगितामा करिब १०० जना खेलाडीको सहभागिता हुने संघले जानकारी दिएको छ ।

प्रतियोगितामा १५ जना अफिसियलको सहभागिता रहनेछ ।

प्रतियोगिमा पहिलो हुनेलाई २० हजार खुल्ला (पुरुष तथा महिला), दोस्रो हुनेलाई १५ हजार, र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार रहेको संघले जानकारी दिएको छ ।

त्यस्तै, ब्वाइज जुनियरतर्फ ११ हजार नगद, दोस्रो हुनेलाई ६ हजार नगद र तेस्रो हुने २ जनालाई ३/३ हजार नगद रहेको संघले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?