+

रक्तचाप नाप्‍न उपयुक्त उपकरण र ध्यान दिनुपर्ने कुरा

२०८० साउन  १८ गते १८:०७ २०८० साउन १८ गते १८:०७
रक्तचाप नाप्‍न उपयुक्त उपकरण र ध्यान दिनुपर्ने कुरा

शरीरमा रक्तचापको अवस्था कस्तो छ भनेर नाप्नका लागि स्फिग्मोम्यानोमिटरको प्रयोग गरिन्छ । यसलाई सामान्य भाषामा ब्लड प्रेसर मोनिटर मेसिन भनेर बुझिन्छ ।

रक्तचाप तीन तरिकाले जाँच्न सकिन्छ, मर्करी, एनालग र डिजिटल । यसमध्ये पुरानो प्रविधि मर्करी उपकरण आजभोलि खासै प्रयोगमा छैन । एनालग उपकरण अस्पताल र क्लिनिकमा रक्तचाप परीक्षणका लागि प्रयोग गरिन्छ भने डिजिटल स्फिग्मोम्यानोमिटर घरमा व्यक्ति स्वयंले पनि प्रयोग गर्न सक्छन् ।

यसमध्ये कुन बढी भरपर्दो हुन्छ त ?

यसमा चिकित्सक र मेडिकल उपकरण सामग्री जानकार एउटै जवाफ दिन्छन्- म्यान्युल । यसले रक्तचापको सही मापन देखाउने उनीहरु बताउँछन् ।

डिजिटलमा भने पहिलोपटकमा नै रक्तचाप मापन सही मान्न नहुने वा केही प्रतिशत घटबढ हुने भक्तपुरको ख्वप अस्पतालका एमडी मेडिकल इन्टरनल चिकित्सक अमर प्रजापति बताउँछन् । ‘डिजिटलबाट सही मापन देखाउन तीनपटकसम्म नाप्नुपर्ने उनी बताउँछन् । त्यस्तै उनले यदि तीनपटक जाँच गर्दा रक्तचाप कम देखाए कम, बढी देखाए बढी भनेर बुझ्नुपर्ने उनको भनाइ छ । तर यस्तो भन्दैमा डिजिटल नराम्रो वा काम नै नलाग्ने, यसले नाप्नै हुँदैन भन्ने होइन,’ उनले भने ।

डिजिटल मेसिन व्यक्तिगत रुपमा प्रयोग गर्न उत्तम हुन्छ । यदि घरमा कोही उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरोल मात्रा बढेका, मुटुरोग र हृदयघातका बिरामी छन् भने उनीहरुको लागि एकदम उपयोगी र लाभदायक हुने डा. प्रजापति बताउँछन् ।

नेपाल बायोमेडिकल एसोसिएसनका पूर्वकोषाध्यक्ष तथा क्लासिक इन्टरप्राइजेजका प्रालिका सञ्चालक जिवेश कोइरालाले पनि सहमति जनाउँदै डिजिटल ब्लड प्रेसर नाप्ने उपकरणमा १०–१५ प्रतिशत तलमाथि हुने सुनाउँछन् । त्यसैले सकेसम्म जाँच गर्न सक्ने नजिकै कोही छ भने म्यान्युलबाट नै गराउँदा उपयुक्त हुने कोइराला सुझाउँछन् । तर यस्तो भन्दैमा यस्ले जाँच्नै हुँदैन भन्ने होइन, जमानाअनुसार इक्युपमेन्ट फेन्ड्ली हुनुपर्छ,’  उनले भने, ‘साथै यो कसैको सहायता बिना आफैंले जहाँ पनि जहिले पनि नाप्न सकिन्छ ।’

मूल्य कति ?

अहिले बजारमा सामान्यतया लगभग ३५ सयदेखि २५ हजारसम्मका डिजिटल ब्लड प्रेसर नाप्ने उपकरण पाइने कोइराला बताउँछन् । त्यस्तै घरमा प्रयोग वा व्यक्ति प्रयोग गर्ने लागि भने २५ सयदेखि आठ हजार रुपैयाँसम्मका उपकरण प्रयोग हुने उनी बताउँछन् ।

ब्लड प्रेसर नाप्ने मेसिन ब्याट्री राख्ने र चार्ज गर्ने मिल्ने दुवै खालका हुन्छन् ।

रक्तचाप जाँच्दा के नगर्ने ?

डा. प्रजापतिका अनुसार हतारमा क्लिनिक वा अस्पताल पुग्नेबित्तिकै रक्तचाप जाँच गराउनु हुँदैन । हिंडडुल, दौडिएको वा व्यायाम गर्ने बित्तिकै तुरुन्त रक्तचाप परीक्षण गर्नुहुँदैन । चिकित्सकले रक्तचाप नापिरहेको बेला कुराकानी गर्नु हुँदैन । रक्तचाप नाप्दा निहुरिएर वा उत्तानो परेर बस्नु हुँदैन, सीधा बस्नुपर्छ ।

पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन । सकेसम्म खुट्टाले जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ । लुगाबाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बीपी कफ)लाई बाध्नु हुँदैन । यी कुरा गरेमा रक्तचापको सही मापन देखाउँदैन । यस्तो अवस्था रक्तचाप जाँच गर्दा उच्च वा गलत मापन देखाउने सम्भावना हुन्छ । घरमा जाँच गर्दा पनि यही कुरा त्याग्नुपर्छ ।

कसरी गर्ने रक्तचाप परक्षण ?

रक्तचाप परीक्षण गर्नुअघि पाँच मिनेट शान्तसँग बस्नुपर्छ । रक्तचाप परीक्षणका क्रममा शान्त बस्न नबोलिकन, प्रेसर नाप्दा शरीर सीधा भएर बस्नुपर्छ । रक्तचाप परिक्षण गराउँदा बीपी कफले रक्तचाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनुपर्छ ।

रक्तचाप स्फिग्मोम्यानोमिटर
डा. अमर प्रजापति
लेखक
डा. अमर प्रजापति
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५४१६ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) हाल भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय