+

दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

२०८१ साउन  ८ गते १६:२१ २०८१ साउन ८ गते १६:२१
दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

तन र मनलाई नियन्त्रण गर्ने केन्द्र हो मस्तिष्क । शरीरको कार्य सञ्चालन र भावनामा मस्तिष्क अर्थात् दिमागको भूमिका हुन्छ । हामी के सोच्छौं, के महसुस गछौं, दैनिक घटिरहेको समयलाई कति याद गर्छौं ? कसरी हिंड्ने र बोल्ने ? यी सबै दिमागमै नियन्त्रणमा हुन्छ ।

दिमागले राम्रोसँग काम गर्न यसको स्वस्थतामा पनि ध्यान पुर्‍याउनुपर्छ । दमागमा कुनै चोटपटक लागेर मात्रै अस्वस्थ हुँदैन । कहिलेकाहीं अञ्जानमा आफ्नै सानातिना व्यवहार र आनाबानीले पनि दिमागलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा हानि पुर्‍याइरहेको हुन्छ ।

मस्तिष्कलाई हानि गर्ने केही बानी

अनिद्रा

निद्राको कमी दिमागको लागि हानिकारक हुनसक्छ । जब दैनिकजसो हामी पर्याप्त निद्रा लिन सक्दैनौं, तब हाम्रो दिमागले सही ढंगले काम गर्न सक्दैन । फलस्वरुप, कुनै कुरामा ध्यान केन्द्रित गर्न, स्मरण गर्नेदेखि बौद्धिक क्षमतामा कमी आउन सक्छ ।

लामो समयसम्म निद्राको कमीले डिप्रेसन, एन्जाइटी र अन्य मानसिक समस्या हुनसक्छ ।

अस्वस्थ खानपान

स्वस्थ सन्तुलित खानेकुराले दिमागलाई राम्रोसँग सोच्न, एकाग्र हुन, चनाखो हुन र काममा फूर्तिलो अनुभव गराउँछ । यस्तोमा खानेकुरा स्वस्थकर भएन, समयमा खाइएन भने थकान, अल्छीपन, एकाग्रतामा कमी, ढिलासुस्ती हुनसक्छ ।

अस्वस्थकर खानेकुरा जस्तै, अत्यधिक चिनी, बजारिया प्रशोधित खानेकुरा, अत्यधिक बोसो भएका खानेकुरा दिमागको लागि स्वस्थकर मानिंदैन । दिनहुँ यस्ता खानेकुरा खाएमा दिमागको कार्यक्षमतामा प्रभाव पर्छ ।

तनाव लिनु

हरेक कुरालाई लिएर तनाव लिइराख्नु पनि मस्तिष्कको लागि खराब सावित हुनसक्छ । लगातार तनावमा रहँदा मस्तिष्कबाट कोर्टिसोल जस्ता तनाव हर्मोनको उत्पादनलाई बढाइदिन्छ । कोर्टिसोलको बढी उत्पादनले मस्तिष्कको कोषलाई हानि पुर्‍याउन सक्छ ।

जसले स्मरण क्षमतामा कमी ल्याउने, निर्णय लिने क्षमतामा ह्रास आउने र मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

शारीरिक गतिविधिमा कमी

शारीरिक गतिविधिमा कमी हुँदा पनि मस्तिष्कमा प्रभाव पार्न सक्छ । दैनिक व्यायाम गर्दा दिमागको रक्तसञ्चार प्रवाहलाई बढाउँछ । दिमागको कार्य क्षमतामा सुधार आउँछ ।

यदि शारीरिक सक्रियता घट्दै गयो भने यसबाट दिमागको कार्यक्षमतामा पनि कमी आउँछ । जसकारण दिमागसम्बन्धी समस्या ल्याउन सक्छ ।

स्क्रिन टाइम बढी हुनु

धेरै भन्दा धेरै समय मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोग दिमागका लागि हानिकारक हुन्छ । यसले आँखालाई मात्र समस्या दिंदैन, ध्यान केन्द्रित गर्ने क्षमतालाई पनि प्रभावित पार्न सक्छ । यसबाहेक त्यसबाट आउने नीलो किरणले निद्राको गुणस्तरलाई पनि प्रभावित गर्न सक्छ ।

दिमागलाई स्वस्थ राख्न यी बानीबाट बच्न जरुरी छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव नियन्त्रण गर्ने उपाय अपनाएर दिमागलाई स्वस्थ राख्न सकिन्छ ।

धुम्रपान

धुम्रपानले जीवनलाई छोट्याउने मात्र होइन, कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार धुम्रपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सिधा असर गर्छ । जसकारण स्मरण शक्तिमा कमी आउँछ ।

जेन्सीको सहयोगमा

दिमाग स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?