+
+
Shares

हैजा शंकास्पद तीन जना बिरामी टेकुबाट भागे

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १३:०६

९ साउन, काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् ।

अस्पतालका निर्देशक डा. युवानिधि बर्सौलाका अनुसार ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको थियो ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइएको थियो ।

गृहका ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो ।

‘शौचालय जाने निहुँ पारेर सोमबार २ बजे राति भ्यालबाट भागेका रहेछन् । उनीहरू अहिलेसम्म सम्पर्कमा छैनन्,’ डा. बसौलाले भने ।

अस्पतालका अनुसार तीनै जना हैजा शंकास्पद बिरामीले अस्पतालमा भर्ना हुने बेलामा केही भएको छैन, किन हामीलाई समातेर ल्याएको भन्दै भर्ना हुन मानेका थिएनन् ।

सुधार गृहमा जानकारी लिँदा अस्पतालबाट भागेका बिरामी नपुगेको जानकारी पाएको डा. बसौलाले बताए ।

‘तीनै जनाको कल्चर परीक्षण भइरहेको छ । केन्द्रका एक जनामा हैजा पुष्टि भएसँगै उहाँहरूलाई पनि लक्षणको आधारमा हैजा हुनसक्ने आशंका गरिएको छ,’ डा. बसौलाले भने, ‘उहाँहरूमा हैजा पुष्टि भए अरू व्यक्तिमा पनि सर्ने सम्भावना रहन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय ललितपुरको समवन्यमा तीन युवाको खोजी भइरहेको छ ।

ईडीसीडी, विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य कार्यालयको टिम, नगरपालिकाको स्वास्थ्य शाखा लगायतको टिमले पानीको नमुना परीक्षणका लागि लिनुका साथै कहाँबाट कसरी हैजा देखियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?