+
+

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १९:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरे ।

सम्झौताबारे बोल्ने क्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले कम्पनीको सेवालाई दिगो र सान्दर्भिक बनाउनका लागि विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताए ।

ट्र्याङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले देशको कुल ग्राह्यस्थ उत्पादनको २० प्रतिशत भन्दा बढी रेमिट्यान्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता भएको बताए ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

सम्झौतासँगै विदेशमा रहेका नेपालीले ट्र्याङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरुबाट रेमिट्यान्स पठाउन सक्ने छन् ।

साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने विश्वास दुवै पक्षले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?