+
+

भदौमा राष्ट्रिय किकबक्सिङ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १५:४८

२१ साउन, काठमाडौं । ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो साता हुने भएको छ ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा भदौ २१ देखि २३ सम्म गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित प्याङ्गाउँ खेल मैदानमा हुनेछ आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ६-६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ५०, ५५, ६०, ६५, ७५ केजी र खुल्ला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको टिम च्याम्पियन बन्ने टोलीले १ लाख पाउनेछ भने दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने टिमलाई २५ हजार प्रदान गरिनेछ ।

पुरुष र महिला दुवैमा उत्कृष्ट हुने खेलाडीले २५-२५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किकबक्सिङ, फुल कन्ट्याक्ट कराते र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीले सहभगिता जनाउनेछन् ।

उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र आवास व्यवस्था पनि गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?