+
+

नेपाली फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते ७:४०

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

म्यानमार फुटबल संघले सोमबार सामाजिक सञ्जालमार्फत नेपालसँग सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

नेपाल र म्यानमारबीच पहिलो खेल सेप्टेम्बर ८ र दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ । दुवै खेल थुवुन्ना स्टेडियममा हुनेछ ।

अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरीयतामा नेपालभन्दा अगाडि रहेको म्यानमार १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले म्यानमारसँग दुई खेल खेल्ने निर्णय भएको जानकारी दिए ।

नेपालले विश्वकप छनोटको प्रारम्भिक छनोटमा लाओससँग खेल्नेछ । होम एण्ड अवे अन्तर्गत नेपालले अक्टोबर १२ मा दशरथ रंगशालमा लाओससँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ मा लाओसको मैदानमा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?