+
+

एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १०:११

२३ साउन, पाल्पा । मंगलबार बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिहान तिनाउ गाउँपालिका-३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।

लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् । हालका लागि पहिरो पन्छाएर सवारी संचालन भएपनि पहिरोको जोखिम भने उक्त क्षेत्रमा कायमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?