+
+

प्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १४:०६

२३ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् ।

मंगलबार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत मंगलबार केही ढिला मात्र विमानस्थल खुलेको थियो । यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने नियमित नै भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?