+
+

साइबर सुरक्षा नीति स्वीकृत, के छन् विशेषता ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:३२

२३ साउन, काठमाडौं । सरकारले साइबर सुरक्षा नीति स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो नीति अनुसार अब साइवर सुरक्षा विधेयक अघि बढाउने बाटो खुलेको छ । मुलुकमा भरपर्दो, सुरक्षित एवम् उत्थानशील साइवर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको बताएको छ ।

यस नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता विकास गर्दै विधि र जनशक्तिको संयोजनबाट सूचना तथा प्रविधिको प्रणालीलाई सुरक्षित बनाउन यो नीति महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ । मन्त्रालयले नीतिको मस्यौदा राय–सुझावका लागि यस अघि नै सरोकारवाला समक्ष सार्वजनिक गरेको थियो । सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी ५ वर्ष भित्र ६०, १० वर्ष भित्र ७० र १५ वर्ष भित्र ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित यो नीति ल्याएको हो ।

सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्नु, साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्नु समेत यस नीतिको उद्देश्य रहेको मस्यौदामा उल्लेख छ । साइबर स्पेसलाई सशक्त र सुदृढ बनाउन साइबर क्षेत्रमा जनशक्ति उत्पादन एवम् जनशक्तिको क्षमता बढाउने उद्देश्य समेत रहेको छ ।

साइबर सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणका लागि द्धिपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वय अनुभव र सहयोग आदान प्रदान गर्ने समेत यस नीतिको उद्देश्य छ । यो नीति स्वीकृति भएसँगै अब आवश्यक कानुन तथा मापदण्ड बनाउने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय प्रचलनको आधारमा संस्थागत संरचना बनाउने बाटो समेत यस नीतिले खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?