+
+

संसदमा आज पनि अवरोध, बस्दै नबसी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:२१

२४ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बुधबार पनि अवरोध भएको छ । प्रमुख विपक्षी नेकपा एमालको अवरोधका कारण बैठक बस्दै नबसी स्थगित भएको छ ।

एमालेले साउन १० गते यता प्रतिनिधिसभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । साउन १० गते पछि तय भएको साउन १५ गते, साउन १६ गते, साउन २२ गते सूचना टाँसेर स्थगित भएको थियो ।

साउन २३ गते बसेको बैठकमा आकस्मिक समय चलेको थियो भने सुन तस्करीको विषयमा संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जानकारी गराएका थिए ।

मंगलबार पनि प्रतिनिधिसभालाई कार्यसूचीमा प्रवेश गर्ने बेला अवरोध गरेको एमालेले बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै उठेर विरोध गर्‍यो ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा तय भएका सब विषय हटाएर अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?