+
+

पूर्व कृषिसचिव भारीविरुद्ध ९२ लाखको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १५:१५

२५ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव राजेन्द्रप्रसाद भारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव हुँदा शीत भण्डार (कोल्ड स्टोर) निर्माणका क्रममा नगरेको काम गरेको भनी निर्माणकर्तालाई रकम भुक्तानी गरेर सरकारी रकम हानीनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरेको, त्यही खेस्रा नक्सासमेतको विपरीत हुने गरी शीत भण्डार निर्माण गराएको र गुणस्तरहीन कामलाई गुणस्तरको प्रमाणित गरी कर्णाली कोल्डचेन लजिस्टिक प्रालि नामक कम्पनीलाई ९२ लाख ४३ हजार २९८ रुपैयाँ भुक्नानी गरेको अख्तियारको आरोप छ । अख्तियारले सोही बराबर रकम बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भारीले यो काम प्रदेशको कृषि मन्त्रालयको सचिव र उच्च मूल्य कृषि वस्तु विकास आयोजना प्रमुखको हैसियतमा गरेका थिए । त्यस्तै कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सब इन्जिनियर गणेश भण्डारी, तत्कालिन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृत हरिबहादुर थापा, तत्कालिन निमित्त निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?