+
+

प्राधिकरणले आफ्नो अधिकारको दुरूपयोग गर्‍यो : सिम्रिक एयर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १३:०९

२६ साउन, काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो अधिकारको दुरूपयोग गरेको आरोप लगाएको छ ।

प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी सिम्रिकका सबै हेलिकप्टर ग्राउण्डेड गराएको थियो । सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढुंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको छ ।

सिम्रिकका अनुसार २१ साउनमा ७ दिनको समय दिएर प्राधिकरणबाट हिसाव मिलान गर्न पत्र आएको थियो ।

तर, त्यो समय सकिनु अगाडि नै प्राधिकरणले सूचना सार्वजनिक गरेको भन्दै आक्रोस पोखेको हो ।

सिम्रिक एयरका अध्यक्ष समेत रहेका वायुसेवा सञ्चाल संघका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका निर्णयमा असहमति जनाएका कारण व्यक्तिगत रुपमा लक्षित गरी प्राधिकरणले संस्थाको गरिमाप्रति भ्रम सिर्जना गरेको आरोप समेत सिम्रिक एयरले लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने रकम हिसाव मिलानका क्रममा रहेको समेत सिम्रिकले दावि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?