+
+

महिला साधकलाई सरु संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १२:१५
फाइल तस्वीर

काठमाडौं । नेपाली संगीत तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने महिला साधकलाई सरु संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । सरु संगीत घरले उक्त पुरस्कार स्थापनाको घोषणा गर्दै यस्तो जानकारी दिएको हो ।

स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उनका श्रीमान् तथा संगीतकार कोमल निरौलालगायत परिवारले स्थापना गरेको पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहनेछ । पुरस्कार व्यवस्थापनका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने सरु संगीत घरका अध्यक्ष डेनी निरौलाले जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व चयन गर्न हरेक वर्षको वैशाख महिनामा एक स्वतन्त्र सरु संगीत राष्ट्रिय पुरस्कार छनोट समिति गठन गरिने जनाइएको छ । स्वदेश तथा विदेशमा रहेर नेपाली गीत, संगीत तथा नृत्यका क्षेत्रमा विशिष्ट योगदान गरेको साथै ४० वर्ष उमेर पुगेको नेपाली यस पुरस्कारका लागि योग्य हुने संगीत घरले जनाएको छ ।

उक्त पुरस्कार आगामी वर्षदेखि प्रत्येक साउनमा सरु संगीत घरको वार्षिकोत्सवको अवसर पारेर वितरण गरिनेछ ।

सरु संगीत घरले चार वर्षदेखि गीत, संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-५ मा रहेको यस विद्यालयमा हाल ७२ जना विद्यार्थीले गायन, हारमोनियम, तबला, गितार लगायतका विधामा कक्षा लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?