+
+

कृषि तथा वनतर्फ सचिव बढुवाका लागि ३ सहसचिव सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १४:५८

१ जेठ, काठमाडौं । कृषि तथा वन सेवा समूहमा रिक्त एक सचिव पदका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन समूहबाट कृषितर्फका सहसचिवहरु सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी अर्याल र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस गरेको हो ।

उनीहरुमध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । कर्ण र शिवाकोटी यसअघि पनि सचिवका लागि सिफारिस भइसकेका सहसचिव हुन् ।

यसअघिका कृषि विकास सचिव रेवतीरमण पौडेल अवकाशमा गएसँगै नयाँ सचिव नियुक्त गर्न लागिएको हो ।

सेवा निवृत्त पौडेलको अवकाश हुनुभन्दा ८ दिनअघि पशुपन्छी विकास सचिवबाट कृषि विकास सचिवका रुपमा सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?