News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई सकुशल उद्धार गरिएको छ ।
- प्रतिकूल मौसमका बीच त्रिशूली-३ ‘बी’ र अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा सम्भावित उद्धारका लागि तयारी र टोली परिचालन गरिएको छ ।
- बाढी प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ पनि परिचालन गरिएको छ ।
१२ भदौ, काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी छन् । प्रतिकूल मौसमबीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित बाहिर ल्याएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
त्यस्तै त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकता साथ निरन्तरता दिइएको बताइएको छ ।
बाढीका कारण प्रभावित अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्री सहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ ।
टनेलभित्र फसेका व्यक्तिको उद्धार प्रभावकारी बनाउन आवश्यक सामग्री सहितको टोली आयोजनातर्फ परिचालन गरिएको छ ।
प्रतिक्रिया 4