+

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

२०८३ साउन  १४ गते १४:४७ २०८३ साउन १४ गते १४:४७
बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयर र नेशनल प्याथ ल्याबबीच कर्मचारी तथा रोयल क्लब कार्डवाहकलाई प्रयोगशाला सेवामा विशेष छुट दिने विषयमा सम्झौता भएको छ।

१४ साउन, काठमाडौं । बुद्ध एयर र नेशनल प्याथ ल्याब (एनपीएल) बीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बुद्ध एयरका कर्मचारी तथा बुद्ध एयर रोयल कल्ब कार्डवाहकले नेशनल प्याथ ल्याबबाट विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट पाउने ल्याबका प्रवन्ध निर्देशक पवन जोशीले जानकारी दिए ।

जोशीका अनुसार बुद्ध एयरका कर्मचारीले रुटिन प्याथोलोजी परीक्षणमा २० प्रतिशत र हाई–एन्ड स्पेसियालिटी परीक्षणमा १० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, बुद्ध एयर रोयल क्लब कार्डवाहकले रुटिन प्याथोलोजी परीक्षणमा १० प्रतिशत तथा हाई–एन्ड स्पेसियालिटी परीक्षणमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नेशनल पाथ ल्याबले यो छुट सुविधा आफ्ना नेपालभर रहेका सबै शाखा तथा फ्रेन्चाइज केन्द्रमार्फत उपलब्ध गराउने जनाएको छ । तर, अन्य संस्थामार्फत गराइने आउटसोस्र्ड परीक्षणमा भने यो छुट लागू नहुने स्पष्ट गरिएको छ ।

दुवै संस्थाबीच भएको यो सहकार्यले बुद्ध एयरका कर्मचारी तथा रोयल क्लब सदस्यलाई गुणस्तरीय प्रयोगशाला सेवा सहुलियतपूर्ण शुल्कमा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कर्मचारी नेशनल प्याथ ल्याब बुद्ध एयर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय